खोज–अनुसन्धान

भोटेकोशी बाढीपीडितको उद्धार धमाधम, हालसम्म १२ जनाको उद्धार



काठमाडौँ, १० भदौ

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट छ जना, मैलुङबाट दुई जना र धुन्चेबाट चार जनाको उद्धार गरिएको हो । उक्त क्षेत्रमा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि सेनाले जनाएको छ ।

प्रकाशित : १० भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६