ब्रेकिंग न्युज

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष



काठमाडौँ, ११ भदौ

नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीबाट घाइते भई उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिन तथा अझै सम्पर्कमा नआएका व्यक्तिका आफन्तले विवरण टिपाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सञ्चालनमा ल्याएको सहायता कक्षमा घाइतेका आफन्तजन पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन् । सहायता कक्षमा आफन्तजनको भीडसमेत लागेको छ । बाढीमा परी घाइते भएका तथा अझै सम्पर्कविहीन रहेका व्यक्तिका आफन्तले सहायता कक्षमा नाम तथा विवरण टिपाइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको छ । त्यहाँ टिपाइएको नामको आधारमा हामीले खोज तथा उद्धार टोलीलाई जानकारी दिनेछौँ ।” बाढीमा परी घाइते भई उद्धार गरेर काठमाडौँ ल्याइएकामध्ये १८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र पाँच जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६