ब्रेकिंग न्युज

भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला



गोरखा, ११ भदौ

भोटेकोशी नदीमा बुधबार गएको बाढीपछि गोरखा जिल्लासँग सिमाना जोडिएका क्षेत्रमा हालसम्म ३९ शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शवहरू फेला पारेको हो । त्रिशूलीमा अधिकांश शव शारीरिक रूपमा क्षति भई चिन्न नसकिने अवस्थामा फेला परेका जनाउँदै प्रहरी नायब उपरीक्षक श्रेष्ठले ११ वटा सग्ला शव फेला परेका बताउनुभयो । “हालसम्म फेला परेका ११ वटा सग्ला शव पोखरा पठाएका छौँ । शारीरिक रूपमा क्षति भएका शव गोरखा अस्पतालको शवगृहमा छन्”, उहाँले भन्नुभयो । नदी किनारमा अन्य शवको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखाको गण्डकी गाउँपालिका-८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी-१ बुट्टार, वडा नं ४ ठेउवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारबाट उक्त शव फेला परेका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : ११ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६