ब्रेकिंग न्युज

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना



नुवाकोट, १४ भदौ

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री वितरण तथा शव सङ्कलनलगायतमा सरकारले गरिरहेको कामबारे आज यहाँ राससलाई जानकारी गराउँदै मन्त्री डा तिमिल्सिनाले शव सङ्कलनकै लागि दुई वटा ‘डेडिकेटेट’ हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिनुभयो । मन्त्री डा तिमिल्सिनाले पूर्ण रुपमा विस्थापितलाई गाँसबाससहितको व्यवस्था गरी ‘होल्डिङ सेन्टर’मा राखिएको बताउनुभयो । अहिले पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङमार्गमा फसेका भनिएकाको जीवितै उद्धार गर्ने प्रयासमा सरकार अहोरात्र खटिरहेको उहाँको भनाइ थियो । “बाढीबाट जोगिने क्रममा विभिन्न स्थानमा फसेकालाई खोज गरेर उद्धार गर्ने प्रयास भइरहेको छ”, मन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “जीवितै फेला पार्न सकिन्छ भन्ने आशा छ । संसारभर उद्धारको इतिहासमा त्यस्ता कतिपय चमत्कार भएका घटना पनि छन् ।” मन्त्री डा तिमिल्सिनाले तत्काललाई त्रिशूली नदी वारपार जोड्न तीन वटा स्थानमा बेलिब्रिज राख्न पहल गरिसकेको उल्लेख गर्नुभयो । त्यसका लागि देवीघाट, ढुङ्गे र बेत्रावती क्षेत्र प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

प्रकाशित : १४ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६