ब्रेकिंग न्युज

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा



काठमाडौँ, १४ भदौः

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज सेवा सुचारु गरेको छ । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरु पुनः सञ्चालनमा आएका छन् । आज सञ्चालनमा आएका साइटहरुमा रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरु रहेका नेपाल टेलिकमले जनाएको छ । त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट पनि पुनः सञ्चालनमा आएका छन् । रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिनुभयो । अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङदिमो–५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ । त्यस्तै छापथोके साइटबाट मोबाइल सेवा प्राप्त हुने स्थानहरु बेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ रहेका उहाँले बताउनुभयो । जिपजिपे साइटबाट सेवा प्राप्त हुने स्थानहरु कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउरालीडाँडा रहेका छन् । त्यसैगरी गत्लाङ बीटीएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम रहेका छन् । चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट बिदुर नगरपालिकाको वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ । विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर खटिइरहनु भएको र कम्पनी सदाझै सेवा सुनिश्चितताको लागि प्रतिवद्ध रहेको नेपाल टेलिकमले जनाएको छ । –––

प्रकाशित : १४ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६