ब्रेकिंग न्युज

विपद्मा सरकारलाई साथ दिने हो : सभापति थापा



ललितपुर, १४ भदौ

नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनमा कमीकमजोरी औँल्याउँदै सरकारलाई साथ दिएर विपद् व्यवस्थापनमा खटिन निर्देश गर्नुभएको छ । भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको योजनाबारे छलफल गर्न आज बोलाइएको बैठकपछि उहाँले विपद्का समयमा तडकभडक र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन गर्नुभयो । “विपद् व्यवस्थापनका विषयमा सरकारका कमजोरी ध्यानाकर्षण गराउँछौँ, सरकारलाई बुझाएको नौ बुँदेका विषयमा सरकारले ध्यान दिनुपर्छ, सङ्घीय सरकारका निर्दिष्ट जिम्मेवारी समाधान हुनुपर्छ, विपद् व्यवस्थापनका कमीकमजोरीका विषयमा सरकारलाई प्रश्न गर्नुस्, तर असंवेदनशील नहुनुस्, जिम्मेवार र जवाफदेही हुनुस्”, उहाँले भन्नुभयो । तीन तहको सरकारबीच समन्वयमा मात्रै सफलताले परिणाम हासिल गर्छ विपद् व्यवस्थापनमा सङ्घीय सरकारले तीन तहको सरकारबीचको कार्य विभाजन गरेर काम गर्न सक्नुपर्छ उहाँले भन्नुभयो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले उद्धार, राहात र पुनःस्थापनामा सरकारले प्रभावकारी समन्वय र सहकार्यमा ध्यान दिएर नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसका केन्द्रीय सदस्य जगदीश नरसिंह केसीले अहिले नुवाकोट र रसुवाको साझा पीडा भएको भन्दै सेना र प्रहरी सक्रिय भए पनि अन्य क्षेत्रबाट काम हुन सकेको छैन भन्नुभयो । प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक वासना थापाले विपद्ग्रस्त क्षेत्र रसुवा र नुवाकोटमा स्थलगत भ्रमण गर्दा महिला तथा बालबालिका समस्यामा परेको आफूले पाएको बताउनुभयो । —

प्रकाशित : १४ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६