ब्रेकिंग न्युज

वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट



सुदूरपश्चिम, १५ भदौ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले वर्षाैँसम्म ठेक्का सम्पन्न नहुने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । धनगढीमा आज सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले ठेक्का सुरु गर्ने तर वर्षाैँसम्म अलपत्र पार्ने प्रवृत्ति विकासको बाधक भएको बताउनुभयो । उहाँले क्रमागत तथा बहुवर्षीय ठेक्कालाई आवश्यकता र प्राथमिकताका आधारमा अगाडि बढाइने बताउनुभयो । प्रदेशका कतिपय सडक आयोजना ठेक्का लागेर पनि लामो समयदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले आयोजना कार्यान्वयनपूर्वका तयारी, सुरक्षा तथा अन्य व्यवस्थापनका काम सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता समस्या समाधान भए निर्माण कार्यले गति लिने उहाँको भनाइ थियो । मुख्यमन्त्री भट्टले निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी समस्या समाधान गर्ने जिम्मेवारी राज्यको भएको बताउँदै निर्माण व्यवसायीहरूले सम्झौताअनुसारका काम समयमै सम्पन्न गर्न तदारुकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले लामो समयदेखि अड्किएर रहेका सडक तथा अन्य पूर्वाधार आयोजनालाई तदारुकताका साथ अघि बढाउने संकल्प गरिसकेको बताउँदै मुख्यमन्त्री भट्टले अब निर्माण कार्यलाई निश्चित गति र परिणाममुखी ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेशको विकास निर्माणलाई प्रभावकारी बनाउन सरकार र निर्माण व्यवसायीबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : १५ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६