ब्रेकिंग न्युज

भोटेकोशी बाढी पीडितको राहतमा बाणगंगाको साथ, ४५ लाख सहयोग



बाणगंगा, कपिलवस्तु १६ भदौं

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिकाले ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको प्रति दुःख व्यक्त गर्दै नगरपालिकाले विपद्को समयमा स्थानीय तहको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।


नगर प्रमुख चक्रपाणी अर्यालद्वारा जारी विज्ञप्ति अनुसार, उक्त रकम नगरपालिकाको विपद् व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। यसबाट बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा विपद्पछिको पुनस्र्थापना कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२०८३ भदौ १६ गते बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगर कार्यपालिकाको तर्फबाट गरी उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो ।
प्राकृतिक विपत्तिले नागरिकको जीवन, सम्पत्ति र सामाजिक संरचनामा गम्भीर असर पार्ने भएकाले विपद्को समयमा राज्यका निकायसँगै समुदाय र स्थानीय तहको सहयोग समेत महत्वपूर्ण हुने नगरपालिकाले जनाएको छ। बाणगंगाको यो सहयोगले विपदमा परेका नागरिक प्रति स्थानीय तहको ऐक्यबद्धता र मानवीय संवेदनालाई समेत प्रतिबिम्बित गरेको छ।
नगरपालिकाले बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, विपदमा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत, पुनस्र्थापना र आवश्यक सहयोग जुटाउन विभिन्न क्षेत्रबाट पहल भइरहेका बेला बाणगंगा नगरपालिकाको आर्थिक सहयोगले विपद्को घडीमा स्थानीय तहबीचको सहकार्य र मानवीय एकताको सन्देश दिएको नगर प्रमुख चक्रपाणी अर्यालको प्रतिक्रिया रहेको छ ।

प्रकाशित : १६ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६