ब्रेकिंग न्युज

विपदमा खुत्खुते सामुदायिक वनको मानवीय साथराहत कोषमा ४ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग



कपिलवस्तु, १६ भदौ ।

प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडामा साथ दिँदै कपिलवस्तुको वाणगंगा नगरपालिका–९, भलाबासस्थित श्री खुत्खुते सामुदायिक वन उपभोक्ता समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।
सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामुदायिक वनले उक्त रकम प्रदान गरेको हो।
समूहले सहयोग रकम चेकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। सामुदायिक वनका अध्यक्ष निमबहादुर पुन र सचिव भीमबहादुर पुनद्वारा जारी विज्ञप्तिमा विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरिएको उल्लेख छ।
विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति समूहले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा बिरामी भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।
‘दुःखमा साथ दिऔँ, विपदमा सहयोग गरौँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै सामुदायिक वनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। वन संरक्षण र व्यवस्थापनसँगै सामुदायिक संस्थाहरूले विपद् तथा संकटका समयमा मानवीय सेवामा समेत भूमिका निर्वाह गर्नुपर्ने सन्देश खुत्खुते सामुदायिक वनको सहयोगले दिएको छ।
विपद्को समयमा राज्यको राहत प्रयाससँगै समुदाय, संघसंस्था र नागरिकस्तरबाट हुने सहयोगले प्रभावित परिवारको पीडामा केही राहत पु¥याउने गर्दछ। यही सामाजिक भावना र सामूहिक जिम्मेवारीलाई आत्मसात् गर्दै खुत्खुते सामुदायिक वनले गरेको आर्थिक सहयोगले स्थानीयस्तरमा सामाजिक एकता, मानवीय संवेदना र उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्ने सामुदायिक बनका अध्यक्ष भिम बहादुर पुनको भनाई रहेको छ।

प्रकाशित : १६ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६