ब्रेकिंग न्युज

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग



काठमाडौँ, १७ भदौः

संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ । बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई हजार ६०० परिवारलाइ सहयोग स्वरुप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीलगायतका उक्त सामग्रीमा उपलब्ध गराइने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले नेपालको आवश्यकताअनुरूप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारसँग समन्वय गरिरहेको जनाएको छ ।

प्रकाशित : १७ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६