काठमाडौँ, २० भदौ
जनता समाजवादी पार्टी नेपालका नेता एवं राष्ट्रियसभाका सांसद महन्थ ठाकुरको मुटुमा पेसमेकर परिवर्तन गर्ने शल्यक्रिया सफल भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवका अनुसार बाँसबारीस्थित सहिद गङ्गालाल हृदयरोग केन्द्रमा ठाकुरको शल्यक्रिया गरिएको हो । नेता ठाकुरलाई स्वास्थ्यलाभको कामना गर्न अध्यक्ष यादवसहितका नेताहरू अस्पताल पुग्नुभएको थियो । —










प्रतिक्रिया