ब्रेकिंग न्युज

पिपरा अस्पतालमा मेजर अप्रेसन सेवा सुरु भएको दुई वर्ष पूरा



कपिलवस्तु २० भदौं

बाणगंगा नगरपालिका–२ स्थित पिपरा अस्पतालमा मेजर अप्रेसन सेवा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ। २०८१ साल भदौ १९ गते दुई जना गर्भवती महिलालाई अप्रेसन मार्फत सुत्केरी गराउँदै अस्पतालले मेजर अप्रेसन सेवा औपचारिक रूपमा सुरु गरेको थियो।
सेवा सुरु भएदेखि नै अस्पतालले मेजर अप्रेसन सहितका स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। स्थानीय स्तरमै जटिल प्रकृतिका उपचार तथा शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि यस क्षेत्रका नागरिकलाई उपचारका लागि टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको अस्पतालको विश्वास रहेको बताइएको छ।

अस्पतालले सेवा सुरु गर्नेदेखि हालसम्म निरन्तरता दिन सहयोग गर्ने बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी प्रशासन शाखा प्रमुख केशवराज भट्टराई, आर्थिक शाखा प्रमुख केशवराज गैरे, स्वास्थ्य शाखा प्रमुख टी.आर. पौडेल तथा पिपरा अस्पताल प्रशासन शाखा प्रमुख राजु सुनारी, सहायक लेखा अधिकृत गिरिराज गौतम लगायत सरोकारवाला सबैप्रति आभार व्यक्त गरेको छ।


मेजर अप्रेसन सेवा सुरु भएको दुई वर्ष पूरा हुनु एउटा स्वास्थ्य सेवा विस्तारको अवसर मात्र नभई स्थानीय स्वास्थ्य संस्थालाई सक्षम बनाउँदै नागरिकलाई सहज र भरपर्दो उपचार सेवा प्रदान गर्ने दिशामा भएको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : २० भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६