देश

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार



काठमाडौँ, २२ भदौ

रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ र उहाँका नवजात शिशुको हवाई उद्धार गरिएको छ । गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र शिशु दुवैको स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याइएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आमाछोदिङमो गाउँपालिका यातायात सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको अवस्थामा सडकमार्गबाट तत्काल स्वास्थ्य संस्थासम्म पुर्‍याउन सम्भव नभएपछि हवाई उद्धार गरिएको हो । सरकारले गत भदौमा स्वीकृत गरेको कार्यविधिमा बाढी तथा पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भई विशेष परिस्थिति सिर्जना भएमा दुर्गम भौगोलिक क्षेत्रबाट ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी र २४ घण्टाभित्रका नवजात शिशुलाई हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार आमा र नवजात शिशुको जीवनरक्षाका लागि तत्काल हवाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको मन्त्रालयले जनाएको छ । उद्धार कार्यमा समन्वय तथा सहजीकरण गर्ने स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा सम्बन्धित स्वास्थ्यकर्मीप्रति मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ । —

प्रकाशित : २२ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६