ब्रेकिंग न्युज

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने



काठमाडौँ, २४ भदौ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिन आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले दिनरात नभनेर सक्दो प्रयासका साथ उद्धार र खोजमा लागेको बताउँदै सभापति लामिछानेले प्रियजन गुमाएकाले राज्यले केही गरेन भनेर गर्ने गुनासालाई अन्यथा लिन नमिल्ने पनि बताउनुभयो । “गहिरो चोटमा परेका मानिसले भगवान्लाई त सराप्छ भने यो सरकार, रास्वपा र राज्यलाई गुनासो र आक्रोश पोख्नु कुनै ठूलो कुरा होइन”, सभापति लामिछानले भन्नुभयो, “पीडामा परेर आक्रोश व्यक्त गरिरहेकाहरुमाथि सामाजिक सञ्जालमा गरिने अवाञ्छित टिप्पणी गर्ने कार्य सैह्या हुँदैन । यस्तो कार्यमा रास्वपाका कोही कार्यकर्ता सम्पग्न छन् भने कारबाही गरिनेछ । सरकारले कानुनबमोजिम गर्नुपर्ने कारबाही पनि गरोस् ।” विपद् व्यवस्थापनका लागि प्रतिपक्षबाट आउने रचनात्मक कुरालाई आत्मसात् गर्न सरकारलाई आग्रह गर्दै विपद्का नाममा राजनीति नगर्न सबैमा आग्रह गर्नुभयो । जलवायु सङ्कटमा परेकाहरू जलवायु अन्यायका पीडित भएको बताउँदै उहाँले यो विपत्तिका कारक ती पीडित नागरिक थिएनन् भन्नुभयो । “जलवायु सङ्कटको असमान भारका कारण जीवन गुमाउन विवशहरूका श्रद्धाञ्जली दिएर मात्रै पुग्दै विश्वसँग न्याय माग्ने साहस बोटल्नुपर्छ”, सभापति लामिछानेको भनाइ थियो । उद्धार र खोजीका काममा सुरक्षाकर्की र उद्धारकर्ताको प्रशंसा गर्दै उहाँले यस पीडामा सबै मित्रराष्ट्रहरूको साथ र सहयोग रहेको उल्लेख गर्दै सङ्कटमा निजी क्षेत्र, सञ्चार क्षेत्र र गैरआवासीय नेपाली क्षेत्रले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

प्रकाशित : २४ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६