ब्रेकिंग न्युज

राष्ट्रियसभाः ‘नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ पारित



काठमाडौँ, २५ भदौ

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री शाहका तर्फबाट कानुनमन्त्री गौतमले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री गौतमले रिक्त भएको दफालाई जगाउने व्यवस्थाका लागि विधेयक ल्याइएको बताउनुभयो । छलफलमा भाग लिने सदस्यहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह वा प्रधानमन्त्री कार्यालयमा राख्ने भन्ने विषयमा आ-आफ्नो तर्क प्रस्तुत गर्नुभएको थियो । केही सदस्यहरूले गृह मन्त्रालयमातहत विभागलाई राख्नुपर्ने बताउनुभयो भने केही सदस्यले प्रधानमन्त्री कार्यालयअन्तर्गत राखिनुपर्ने धारणा राख्नुभयो । सभाको आजकै बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट कानुनमन्त्री गौतमले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/२०८१ र २०८१/२०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभएको थियो । —

प्रकाशित : २५ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६