ब्रेकिंग न्युज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन



काठमाडौँ, २६ भदौ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई आज निर्देशनसहित बिदाइ गर्नुभएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारकार्यमा प्रभावकारी रूपमा परिचालित हुन निर्देशन दिनुभयो । उहाँले विपद् प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउन तथा स्थानीय तह, प्रशासन र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी राहत तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । एमालेले भोटेकोशी बाढी प्रभावित नुवाकोट र रसुवाका नागरिकलाई सहयोग पुर्‍याउन विभिन्न तहमा राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रकाशित : २६ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६