देश

नेपाल–चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्नेमा पूर्वप्रम खनालको जोड



काठमाडौँ, २८ भदौः

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा राजधानीमा आयोजित दुईदिने ‘काष्ठमण्डप डाइलग’ तेस्रो शृङ्खलाको आज समापन गर्दै उहाँले तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास गरिरहेको चीनबाट नेपालले लाभ लिनसक्नुपर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका नेता खनालले दुई देशबीचको सम्बन्धलाई अझ समुन्नत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । नेपाल–चीन सम्बन्धका लागि बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय वातावरण’, ‘पार्टी निर्माण र सुशासनका अनुभव आदानप्रदान’, ‘व्यावहारिक सहयोगः भूराजनीति, व्यापार र कनेक्टिभिटी’, ‘जलवायु उत्थानशीलता र सीमापार जोखिम घटाउने’, ‘नेपाल–चीन सांस्कृतिक तथा जनस्तरको सहयोग’ र ‘युवाको भूमिका : अर्को पुस्ताको मित्रता निर्माण’ बारेमा विचार आदानप्रदान भएको थियो । —

प्रकाशित : २८ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६