ब्रेकिंग न्युज

तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य



दाङ, २९ भदौ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतक भएको बताउनुभएको छ । आज तीजका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनुभएको छ । उहाँले तीजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणका विषयमा जागरण फैलिँदै गएको उल्लेख गर्नुभएको छ । परिवार, समाज र राष्ट्र निर्माणमा महिलाको योगदान अतुलनीय रहेको भन्दै मुख्यमन्त्री आचार्यले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, अन्याय र असमानताको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । मुख्यमन्त्री आचार्यले तीजका अवसरमा समाजमा रहेका कुरीति, अन्धविश्वास, हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक चेतना अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडकभडक र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित : २९ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६