देश

नगर प्रमुख अर्यालद्धारा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन सेवा प्रवाहलाई सहज बनाउन पूर्वाधार विकासमा जोड



कपिलवस्तु ३१ भदौं

बाणगंगा नगरपालिका वडा नं. ११ को नवनिर्मित वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरिएको छ। नगर प्रमुख चक्रपाणी अर्यालले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो।


वडा कार्यालय भवनको उद्घाटनसँगै स्थानीय नागरिकलाई सहज, व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने आधार थप मजबुत भएको अर्यालको भनाई रहेको छ। स्थानीय तहको प्रशासनिक सेवा नागरिकको नजिक पु¥याउने उद्देश्यले निर्माण गरिएको वडा कार्यालय भवनले वडाको प्रशासनिक कामकारबाहीलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा बाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, संस्थापक नगर प्रमुख मंगलप्रसाद थारू, निवर्तमान वडा अध्यक्ष सोमनाथ अर्याल लगायतको महत्वपूर्ण उपस्थिति रहेको थियो।


त्यसैगरी, कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, टोल विकास संस्थाका अध्यक्ष, बुद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको वडा अध्यक्ष नरेन्द्र प्रसाद थारुले बताउनु भयो ।
भवन उद्घाटनलाई बाणगंगा नगरपालिकाको स्थानीय पूर्वाधार विकास तथा नागरिकमैत्री सेवा प्रवाहको दिशामा महत्वपूर्ण उपलब्धि हुने आफुले विश्वास लिएको बाणगंगा नगरका संस्थापक नगर प्रमुख मंगलप्रसाद थारुको भनाई रहेको छ ।
नवनिर्मित वडा कार्यालय भवनले नागरिकलाई आवश्यक प्रशासनिक सेवा लिन सहज वातावरण निर्माण गर्नुका साथै वडाको संस्थागत विकास र प्रशासनिक क्षमता अभिवृद्धिमा योगदान पु¥याउने विश्वास गरिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो ।

प्रकाशित : ३१ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६