कोशी

भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग



काभ्रे, १ असोजः

भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले रु ८५ लाख सहयोग गरेको छ । काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. विराजसिंह थापाका अनुसार विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयबमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । यसैबीच, काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले बाढीबाट पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ हजार जम्मा गरेको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ । –––

प्रकाशित : १ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६