कोशी

भोटेकोशी बाढीः जुम्लाका ६३ जना अझै सम्पर्कविहीन



जुम्ला, १ असोजः

भोटेकोशीमा बाढीमा परेर यहाँका ६३ जना अझै सम्पर्कविहीन रहेका छन् । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । वाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो । पातारासी गाउँपालिका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् । उनीहरु रसुवाको हाँकुबेँसीबाट बेपत्ता भएको स्थानीय भक्त बुढाले जानकारी दिनुभयो । गाउँपालिकाले बेपत्ता नागरिकका परिवारलाई पहिलो चरणमा राहत उपलब्ध गराएको छ । प्रतिपरिवार रु ४१ हजारका दरले राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । पालिकाको कार्यविधिअनुसार तत्काल रु ३० हजार र सहयोगीले दिएको रु ११ हजार थप गरी सहयोग उपलब्ध गराइएको छ । यस्तै, खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ । स्थानीय जङ्गवीर बोहोराको अगुवाइमा सङ्कलित रु पाँच लाख ७७ हजार र पालिकाको रु १४ लाख ७७ गरी रु २० लाख ४७ हजार राहत उपलब्ध भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : १ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६