अर्थ-वाणिज्य

सालझण्डीको रिफ्रेस सेन्टर सञ्चालन छिटै हुन्छ : मन्त्री पाण्डे



रुपन्देही १ असोज
लुम्बिनी प्रदेश सरकारले आम जनता तथा सर्वसाधारणको सुविधालाई लक्षित गरी निर्माण गरिरहेको रिफ्रेस सेन्टरमध्ये रुपन्देहीको सालझण्डी–पिपलडाँडास्थित रिफ्रेस सेन्टरको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ।लुम्बिनी प्रदेश सरकारका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सन्तोषकुमार पाण्डेयले खानेपानी तथा सरसफाइ कार्यालय रुपन्देहीका कार्यालय प्रमुख तथा प्राविधिक टोलीसहित बुधबार निर्माणाधीन रिफ्रेस सेन्टरको निरीक्षण गर्नुभएको हो । अनुगमनका क्रममा मन्त्री पाण्डेयले निर्माणको अवस्थाबारे जानकारी लिनुका साथै सेन्टरलाई अब छिट्टै सञ्चालनमा ल्याउने र सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने गरी आवश्यक प्राविधिक तयारी अघि बढाउन कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।
उहाँले निर्माण सम्पन्न भएका संरचनाको प्रभावकारी उपयोग सुनिश्चित गर्दै जनमुखी र सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने गरी काम गर्न कर्मचारी तथा प्राविधिक टोलीलाई आग्रह गर्नुभयो।लुम्बिनी प्रदेश सरकारले नवलपरासी, रुपन्देही र कपिलवस्तुमा करोडौँ रुपैयाँको लागतमा रिफ्रेस सेन्टर निर्माण गरिरहेको छ ।लामो दूरीका यात्रु तथा सर्वसाधारणलाई विश्राम, सरसफाइ तथा आवश्यक आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता संरचना निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । यसअघि प्रदेशसभाको लेखा समितिले समेत सालझण्डीस्थित रिफ्रेस सेन्टरको स्थलगत निरीक्षण गरी निर्माणको अवस्था तथा योजनाको उपयोगिताबारे जानकारी लिएको प्रदेश सांसद बिष्णु पन्थिले जानकारी दिनुभयो । प्रदेश सरकारको लगानीमा निर्माण भएका संरचनालाई समयमै सञ्चालनमा ल्याई सर्वसाधारणले सुविधा पाउने वातावरण बनाउन अनुगमनलाई निरन्तरता दिइने मन्त्री पाण्डेयले बताउनुभयो।

प्रकाशित : २ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६