ब्रेकिंग न्युज

रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन



काठमाडौँ, २ असोजः

नेपाल वातावरण पत्रकार समूह (नेफेज) को ४१औँ साधारणसभाले निमेश रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेफेजको आज सम्पन्न ४१औँ साधारणसभाबाट अध्यक्षमा रेग्मीका साथै उपाध्यक्षमा सुवोध गौतम, महासचिवमा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि मात्र भएको निर्वाचनमा रेग्मीले निकटतम प्रतिस्पर्धी सविन शर्मालाई पराजित गर्नुभएको हो । यसैगरी सदस्यमा प्रकाश रिमाल र टीका बन्धन तथा विज्ञ सदस्यमा विजयराज पौडेल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक राजेश घिमिरेले जानकारी दिनुभयो । अन्य पदमा सबै उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको हो । समूहको ११ सदस्यीय कार्यसमितिका क्रमशः सचिव (महिला) एक र दुई महिला सदस्य तथा एक विज्ञ महिला सदस्यतर्फ भने पदपूर्ति हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । –––

प्रकाशित : २ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६