ब्रेकिंग न्युज

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने



सुदूरपश्चिम, ३ असोजः

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणसँगै संविधानको लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण तथा प्रवद्र्धन गर्दै आर्थिक समानता र समृद्धिमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको हो । संविधानले परिकल्पना गरेको समावेशी, समानतामूलक र समृद्ध समाज निर्माणका लागि सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा प्रदेश प्रमुख मियाँले जोड दिनुभएको छ । –––

प्रकाशित : ३ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६