ब्रेकिंग न्युज

प्रदेश सरकारद्वारा दार्चुलाका विपद् प्रभावितलाई राहत सामग्री प्रदान



सुदूरपश्चिम, ६ असोज

सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–४, मडगाउँका विपद्पीडितलाई राहत सामग्री प्रदान गरेको छ । धनगढीमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले आज स्थानीय जनप्रतिनिधिलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभयो । प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न प्रदेश सरकारले ५० थान कम्बल, ४० थान टेन्टलगायत आवश्यक सामग्री हस्तान्तरण गरेको मन्त्रालयको विपद् शाखाका जनक धामीले जानकारी दिनुभयो । सामग्री हस्तान्तरण गर्दै कानुनमन्त्री थारुले प्रभावित नागरिकलाई तत्काल अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको र आवश्यकताअनुसार थप सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सरकार बाढी तथा सबै प्रकारका विपद् प्रभावित नागरिकको साथमा रहेको बताउनुभयो । मन्त्री थारुले प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका पूर्वतयारीलगायत काममा स्थानीय तथा सङ्घीय सरकारसँग मिलेर विविध कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । केही दिनअघि मडगाउँस्थित खर्क, पन्ताली र गुम्पानी बस्तीमा जमिन निरन्तर धसिँदा स्थानीय विस्थापित भएको भन्दै बस्ती पुनःस्थापनाको माग गर्दै गाउँपालिका र स्थानीयवासीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाएका थिए । –––

प्रकाशित : ६ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६