खोज–अनुसन्धान

प्रेस काउन्सिलसम्बन्धी विधेयकबारे छलफल



काठमाडौँ, १३ कात्तिक

प्रेस काउन्सिलसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल भएको छ । विधेयकको प्रस्तावनामा पत्रकारिताको पेसागत र व्यावसायिक आचरण कायम राख्दै प्रेस क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउने उल्लेख छ । विधेयकमा स्वःनियमनलाई प्रवर्द्धन गर्दै स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास र संरक्षणका लागि प्रेस काउन्सिललाई स्वायत्त नियामक निकायका रूपमा स्थापना र सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज भएको त्यससम्बन्धी छलफलमा गृहमन्त्री सुधन गुरुङ, कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको सहभागिता थियो । छलफलमा सरकारका उच्चपदस्थ कर्मचारी तथा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्यूरोका प्रतिनिधिहरूको पनि सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६