अन्तर्राष्ट्रिय

रूसी अखबार नोवाया गजेटा बन्द



मस्को, १३ कात्तिक (रासस/एएफपी)


रूसी अधिकारीहरूको दबाबका कारण स्वतन्त्र अखबार नोवाया गजेटाले आफ्नो प्रकाशन र सम्पादकीय गतिविधि बन्द गर्ने घोषणा गरेको छ । अधिकारीहरूले यसै महिना अखबारका प्रधान सम्पादक सर्गेइ सोकोलोभको घरमा खानतलासी गरेका थिए भने यस वर्ष पत्रकार ओलेग रोल्डुगिनलाई पक्राउ गरेका थिए । सोकोलोभले शुक्रबार युट्युबमा सार्वजनिक गर्नुभएको भिडियो वक्तव्यमा रूसी अधिकारी र सुरक्षा निकायले सम्पादकीय टोलीलाई काम बन्द गर्न बाध्य पारेको बताउनुभएको छ । उहाँले नोभेम्बर ९ मा ३० वर्षदेखि सञ्चालन हुँदै आएको कार्यालय बन्द गरी सर्भरसमेत बन्द गर्ने जानकारी दिनुभयो । रोल्डुगिनमाथि कम्प्युटरमा रहेको सूचनामा गैरकानूनी पहुँच बनाएको आरोप छ । उहाँले आरोप अस्वीकार गर्नुभएको छ र मुद्दाको सुनुवाइ पर्खंदै नजरबन्दमा रहनुभएको छ र यसलाई नोभेम्बर १० सम्म थपिएको छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि स्वतन्त्र सञ्चारमाध्यममाथि नियन्त्रण कडा बनाएको थियो । त्यसपछि नोवाया गजेटाले रुसभित्र प्रकाशन घटाएको थियो भने अधिकारीहरूले सोही वर्ष अखबारको सञ्चालन अनुमतिपत्र खारेज गरेका थिए । सरकारले अखबारलाई ‘विदेशी एजेन्ट’ घोषणा गरेको थियो । अखबारका तत्कालीन प्रधान सम्पादक दिमित्री मुरातोभले सन् २०२१ मा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रयासका लागि संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो । –––

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६