ब्रेकिंग न्युज

कपिलवस्तुको सामुदायिक वनमा लुकाइएका चार थान भरुवा बन्दुक बरामद



डिलाराम भुसाल

कपिलबस्तु १३ कातिक

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ भर्लावासस्थित खुतखुते सामुदायिक वनमा लुकाइछिपाइ राखिएका चार थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरीले प्राप्त गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले बन्दुक बरामद गरेको बताएको छ ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा नौ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले सामुदायिक वनको लहरे उकाली भन्ने स्थानमा खोजतलास गर्ने क्रममा काठको गोलियाको खोँद्रोभित्र स्याउलापातले छोपेर लुकाइराखेको अवस्थामा चार थान एकनाले भरुवा बन्दुक फेला पारेको बताएको छ।

बरामद गरिएका चारवटै बन्दुक साबुत अवस्थामा रहेको र प्रहरीले रीतपूर्वक बरामद गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पिपरामा राखेको जनाएको छ।

यस विषयमा प्रहरी निरीक्षक कालिका कार्कीले गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी सामुदायिक वन क्षेत्रमा खोजतलास गर्दा लुकाइराखिएको अवस्थामा चार थान भरुवा बन्दुक फेला पार्न सफल भएको बताइन्।

उनले भनिन्, “वन क्षेत्रमा हतियार लुकाइराखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको बताएको छ । खोजतलासका क्रममा चार थान भरुवा बन्दुक फेला पारी सुरक्षित रूपमा बरामद गरेका छौँ। बरामद हतियार कसले, कुन प्रयोजनका लागि र किन त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको कार्कीले भनाई छ।”

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६