कपिलवस्तु, २१ कात्तिक
पूर्वी कपिलवस्तुको स्थापित शैक्षिक संस्था श्री पूर्णकेशर माध्यमिक विद्यालयमा १२ कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएको छ । विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले भवन निर्माण कार्य अघि बढाइएको विद्यालयले जनाएको छ ।
भवन शिलान्यास लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री विष्णु प्रसाद पंथी, लुम्बिनी प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरी, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, वडा नं. १ का अध्यक्ष मोहम्मद ताहिर, मायादेवी गाउँपालिका–३ का अध्यक्ष शैलेन्द्रकुमार यादव, विद्यालयका प्रधानाध्यापक बाबुराम.पौडेल, निवर्तमान प्रधानाध्यापक लीला खनाल विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा स्थानीय शिक्षाप्रेमीहरूको महत्वपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले विद्यालयको भौतिक संरचना विस्तारसँगै शिक्षण सिकाइको गुणस्तर सुधारमा समेत ध्यान दिनुपर्ने बताए। पर्याप्त कक्षाकोठा र अनुकूल शैक्षिक वातावरणले विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा सहयोग पुग्ने उनीहरूको धारणा थियो।
स्थानीय समुदाय, जनप्रतिनिधि र विद्यालय परिवारको सहकार्यमा अघि बढाइएको भवन निर्माण कार्य निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले सुविधा सम्पन्न विद्यालय भवन निर्माणले कपिलवस्तुको समग्र विकासमा सकारात्मक सन्देश सहित अघि बढाइएको बताउनु भयो । त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य पंथीले पूर्वाधार विकाससंगै पूर्वी कपिलवस्तुको शैक्षिक विकासमा थप योगदान पु¥याउने विश्वास ब्यक्त गर्नु भयो ।

फोटो क्याप्सन श्री पूर्णकेशर माध्यमिक विद्यालयको १२ कोठे भवन शिलान्यास कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य, स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार तथा स्थानीयवासी।









प्रतिक्रिया