काठमाडौँ, १ मङ्सिर
नेकपा (एमाले) को दोस्रो स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । बैठकामा बुधबार र बिहीबार हुनलागेको राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । “राष्ट्रिय भेलाको तयारीका सन्र्दभमा बैठक केन्द्रीत रहेको थियो । बैठकमा तयारीका सन्र्दभमा गठन गरिएका विभिन्न उपसमितिको रिर्पोटिङ र छलफल गर्ने काम भयो,” उहाँले भन्नुभयो । बैठकले भेलाका लागि तय गरिएका कार्यसूचि अनुमोदन गरेको छ । यस्तै बैठकले पार्टीको चौथो केन्द्रीय कमिटीको बैठक यही मङ्सिर ४ गते गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिनुभयो । –––









प्रतिक्रिया