मंसिर १७ देखि २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय भन्दा बढी स्टल, स्थानीय उत्पादन प्रवद्र्धनका लागि ५० स्टल छुट्याइने
लक्ष्मण प्रसाद बेल्बासे
कपिलवस्तु, ९ मंसिर
स्थानीय उत्पादनको बजारीकरण, उद्योग तथा व्यापारको प्रवद्र्धन र कृषि एवं पर्यटन क्षेत्रको सम्भावना उजागर गर्ने उद्देश्य सहित १७ औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८३ को तयारी तिव्र पारिएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर १७ देखि २९ गते सम्म बाणगंगा नगरपालिका–४ मा सञ्चालन हुने महोत्सवलाई जिल्लाको आर्थिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउने अवसरका रूपमा लिइएको महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीको भनाई रहेको छ ।

गणेश बहादुर क्षेत्री
अध्यक्ष/संयोजक
महोत्सवलाई मनोरञ्जन र उपभोगमा मात्र सीमित नराखी स्थानीय उत्पादन, उद्योग, कृषि, पर्यटन र उद्यमशीलताको विकाससँग जोड्ने आयोजकको लक्ष्य रहेको संघका अध्यक्ष क्षेत्रीको भनाई रहेको छ । संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक गणेशबहादुर क्षेत्रीका अनुसार जिल्लाको आर्थिक, औद्योगिक तथा व्यावसायिक सम्भावना पहिचान गरी उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको बताउनु भयो ।
महोत्सवका निर्देशक हुमनाथ पौडेलले यसपटक महोत्सवमा तीन सय भन्दा बढी स्टल रहने र तीमध्ये ५० वटा स्टल स्थानीय उत्पादनको प्रवद्र्धनका लागि छुट्याउने व्यवस्था गरिएको जानकारी दिनु भयो ।

हुमनाथ पौडेल
वरिष्ठ उपाध्यक्ष / निर्देशक
निर्देशक पौडेलले जिल्लाभित्र उत्पादन भइरहेका कृषि उपज, घरेलु तथा साना उद्योगका वस्तु र अन्य स्थानीय उत्पादनलाई उपभोक्ता समक्ष पु¥याउन सहयोग गर्ने अपेक्षा गरिएको बतउनु भयो । स्थानीय उत्पादनको पहिचान र जिल्लाको मौलिक विशेषतालाई आधार मानेर एउटा वस्तु वा उत्पादन छनोट गरी विशेष प्रवद्र्धन समेत गरिने बताउनु भयो । निर्देशक पौडेलले स्थानीय उत्पादनका लागि छुट्टै स्टलको व्यवस्था गर्नु महोत्सवको महत्वपूर्ण पक्ष भएको बताउनु भयो ।
सामान्यतः यस्ता प्रदर्शनीमा बाह्य उत्पादन र व्यापारिक सामग्रीको आकर्षण बढी हुने गरेको अवस्थामा स्थानीय उत्पादकलाई प्राथमिकता सहित बजार उपलब्ध गराउने प्रयासले जिल्लाको उत्पादनमुखी अर्थतन्त्रलाई टेवा पु¥याउन सक्ने निर्देशक पौडेलले धारणा राख्नु भयो । तर यसको प्रभावकारिता स्टल छुट्याउने व्यवस्थामा मात्र निर्भर नहुने र उत्पादनको गुणस्तर, मूल्य, प्याकेजिङ, बजारीकरण र नियमित आपूर्ति व्यवस्थापनमा समेत उत्पादकलाई जोड्न आवश्यक सरोकारवालाहरुको जोड रहेको धारणा राख्नु भयो ।
संघका बाणिज्य उपाध्यक्ष एवम् प्रायोजक तथा संघ संस्था समन्वय समितिका संयोजक नारायण पौडेलले महोत्सवले उद्योगी तथा व्यवसायीलाई आफ्ना वस्तु र सेवाको प्रचार प्रसार, नयाँ ग्राहकसँग सम्बन्ध विस्तार र व्यापारिक सम्भावना खोज्ने अवसर प्रदान गर्ने बताउनु भयो । उपाध्यक्ष पौडेलले उत्पादक र बिक्रेताबीच सहकार्य बढाउने, नयाँ व्यावसायिक योजना ल्याउन प्रोत्साहन गर्ने तथा व्यापारिक कारोबार विस्तार गर्ने कार्यमा महोत्सव उपलब्धीमूलक बन्ने बताउनु भयो । बाणिज्य उपाध्यक्ष पौडेलले स्थानीय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउनुका साथै नयाँ लगानी र उद्यमशीलताका लागि सकारात्मक वातावरण निर्माण गर्न सक्ने बताउनु भयो ।
महोत्सव अवधिभर सहभागी व्यापारी, उत्पादक, कलाकार, सेवा प्रदायक तथा कृषकलाई विभिन्न विधामा वर्गीकरण गरी उत्कृष्टलाई पुरस्कार, प्रोत्साहन र सम्मान गरिने बताउनु भयो । स्टल राखेर सहभागी हुने उत्पादक तथा व्यवसायीलाई सहभागिताको प्रमाणपत्र र मायाको चिनो प्रदान गर्ने कार्यक्रम समेत रहेको बताउनु भयो । यसबाट व्यवसायीको योगदानको कदर गर्दै उत्पादन तथा सेवाको गुणस्तर सुधार गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको पौडेलको भनाई रहेको छ ।
महोत्सवको व्यवस्थापनलाई व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन १५१ सदस्यीय मूल आयोजक समिति, २१ सदस्यीय सचिवालय तथा आवश्यकता अनुसार ३५ वटासम्म विषयगत उपसमिति गठन गरिने व्यवस्था गरिएको संघका महासचिव एवम् कार्यालय ब्यवस्थापनको जिम्मेवारी सम्हाल्नु भएका नवदत्त घिमिरेले बताउनु भयो । संघका महासचिव घिमिरेले महोत्सवका संरक्षकका रूपमा पूर्वअध्यक्ष तथा पूर्वसंयोजकहरू रहनेछन् । मूल समितिले समग्र व्यवस्थापन र नीतिगत नर्देशन गर्नेछ भने सचिवालयले प्रशासनिक, आर्थिक तथा कार्यक्रम सञ्चालनको समन्वय गर्नेछ । विषयगत उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार कार्यसम्पादन गर्नेछन् ।
आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहितालाई समेत प्राथमिकता दिइएको छ । महोत्सव सम्पन्न भएको १५ दिनभित्र प्रगति प्रतिवेदन, हिसाब परीक्षण तथा समीक्षा प्रतिवेदन तयार गरी मूल समितिमा पेस गर्नुपर्ने व्यवस्था गरिएको संघले जनाएको छ । सार्वजनिक सहभागिता र विभिन्न क्षेत्रको सहयोगबाट सञ्चालन हुने महोत्सवमा आयव्यय पारदर्शी बनाउनु आयोजकको महत्वपूर्ण जिम्मेवारी हुने आयोजकले जनाएको छ ।
महोत्सवलाई सफल बनाउन जिल्ला समन्वय समिति कपिलवस्तु, बाणगंगा नगरपालिका र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई संरक्षक निकायका रूपमा समेटिएको संघका एशोसियट उपाध्यक्ष एवम् छपाई ब्यवस्थापन समिति संयोजक रामजी सेनको भनाई रहेको छ । एशोसियट उपाध्यक्ष सेनले नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकका रूपमा रहेको जानकारी दिनु भयो । त्यस्तै बाणगंगा वेलफेयर सोसाइटी, नेपाल घरेलु तथा साना उद्योग महासंघ, सिद्धार्थ बजार विकास समिति, सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु जेसीज, कपिलवस्तु लायन्स क्लब, रोटरी क्लब अफ कपिलवस्तु मिटटाउन तथा शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह लगायत संस्था सहयोगीका रूपमा रहेको संघका एशोसियट उपाध्यक्ष सेनले बताउनु भयो ।
निजी क्षेत्रको सहभागिता र सहकार्य विस्तार गर्न मुख्य प्रायोजन, सहप्रायोजन, आधिकारिक बैंक तथा बीमा कम्पनी, टिकट, सांस्कृतिक कार्यक्रम र स्वागतद्वार प्रायोजकको अवसर समेत खुला गरिएको सेनको भनाई रहेको छ ।
महोत्सवको प्रचार प्रसारमा स्थानीय तथा राष्ट्रियस्तरका सञ्चार माध्यमलाई साझेदार बनाइएको छ । महोत्सवको सूचना प्रवाह सँगै जिल्लाका उत्पादन, पर्यटन गन्तव्य, उद्योग तथा व्यावसायिक सम्भावनालाई व्यापक रूपमा प्रचार गर्न सहयोग पुग्ने अपेक्षा रहेको एशोसियट उपाध्यक्ष रामजी सेनको भनाई रहेको छ ।
दीर्घकालीन उपलब्धिमा सरोकारवालाहरुको जोड
कपिलवस्तु महोत्सव जिल्लाको व्यापारिक गतिविधि बढाउने, उपभोक्ताको क्रयशक्ति र बजारको माग बुझ्ने तथा उद्योगी–व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर भएको युवा उद्यमी लक्ष्मण भुसालको भनाई रहेको छ ।

युवा उद्यमी लक्ष्मण भुसाल
युवा उद्यमी भुसालले विशेषगरी ५० वटा स्टल स्थानीय उत्पादनका लागि छुट्याइनुले स्थानीय उद्यमी र कृषकलाई बजारसँग जोड्ने सकारात्मक आधार तयार गरेको बताउनु भयो । भुसालले महोत्सवको सफलता स्टल संख्या, दर्शकको उपस्थिति र केही दिनको व्यापारिक कारोबारबाट मात्र मापन गरिनु नहुने तर्क गर्नु भयो ।
उद्यमी भुसालले महोत्सवमा सहभागी स्थानीय उत्पादकले नयाँ ग्राहक पाउने, व्यवसायीले नयाँ बजार र साझेदार भेट्ने, कृषकले उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा साना उद्योगले आफ्नो उत्पादनको पहिचान विस्तार गर्ने वातावरण बन्नु सकारात्मक हुने तर्क गर्नु भयो ।.
नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुका महासचिव एवम् युवा उद्यमी रविन्द्र पौडेलले महोत्सवमा देखाइएका उत्पादनलाई महोत्सवपछि पनि बजारसँग जोड्ने, स्थानीय वस्तुको गुणस्तर र ब्रान्ड विकासमा सहयोग गर्ने तथा उद्योगी–व्यवसायीबीच दीर्घकालीन सहकार्यको आधार निर्माण गर्न आवश्यक रहेको भनाइ राख्नु भयो ।

युवा उद्यमी रविन्द्र पौडेल
स्थानीय उत्पादनको प्रवद्र्धनलाई व्यवहारमा उतार्दै निजी क्षेत्रको लगानी, उद्यमशीलता र रोजगारी सिर्जनासँग महोत्सवलाई जोड्न सके १७ औँ कपिलवस्तु महोत्सव जिल्लाको आर्थिक विकासका लागि प्रभावकारी माध्यम बन्ने युवा उद्यमी पौडेलको भनाई रहेको छ । महोत्सवलाई मनोरञ्जनसँगै उत्पादन, व्यापार र लगानीको अवसर सिर्जना गर्नु नै महोत्सवको वास्तविक उपलब्धि हुने पौडेलको धारणा रहेको छ ।









प्रतिक्रिया