अर्थ-वाणिज्य

तीन बर्षदेखी बन्द जिल्लाको एकमात्र सिनेमा हल संचालनमा आयो




पाल्पा १३ माघ । तीन वर्ष देखि बन्द अवस्थामा रहेको पाल्पा सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ बुधवारदेखि पुनः संचालनमा आएको छ । । कोरोना महामारी सुरु भएसँगै ०७६ सालको चैतदेखि बन्द रहेको हल स्तरोन्नति भएर बुधवारदेखि सञ्चालनमा ल्याइएको हो ।तानसेनको एकमात्रै हलको रुपमा रहेको हलमा अहिले अत्याधुनिक प्रविधि सहित सिट र साउण्ड सिस्टमको व्यवस्थापन गरिएको छ ।

हलमा बुधवार विश्वभर रिलिज भएको भारतीय चलचित्र पठानको तीन शो संचालन गरिएको छ । बुधवार मात्रै ५ सय बढी दर्शकले हलमा आएर फिल्म अवलोकन गरेको संचालक सर्जुमान लिगलले बताउनुभयो ।बुधवारदेखि रिलिज भएको शाहरुख खान अभिनित बलिउड चलचित्र ‘पठान’ प्रदर्शनसँगै हलले पुनः प्रदर्शन आरम्भ भएको संचालक सर्जुमान लिगलले जानकारी दिनुभयो ।लिगलकाका अनुसार बुधबार ११ः १५ बजे, २ बजे र ५ बजे हलमा चलचित्र प्रदर्शन भएको थियो ।

प्रकाशित : १३ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६