प्रदेश

लुम्बिनी प्रदेशसभाको पाँचौं बैठक माघ २० गते बस्ने



कपिलवस्तु, १९ माघ ।
लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने भएको छ। प्रदेशसभाका सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको पाँचौं बैठक माघ २० गते बस्ने भएको प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिए। लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम ९३० बमोजिम दिउँसो १ बजे बैठक आह्वान गरिएको छ।

प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ। मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएको करिब एक महिना हुन लाग्दासमेत सरकार विस्तार भएको छैन।

गत पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले २८ गते २ जना मन्त्रीसहित शपथ लिएका थिए तर ती २ मन्त्री पनि अहिलेसम्म विनाविभागीय रहेका छन्।

प्रदेशमा अब १० वटा मन्त्रालय बनाइने भएको छ भने राज्यमन्त्री पनि नराखिने भएको छ। यसअघिको प्रदेशमा ४ राज्यमन्त्री गरी १७ जना मन्त्री थिए। अब मुख्यमन्त्रीसहित १० जनामात्र मन्त्री रहने आधारमा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।

प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले १३ मन्त्रालयको संख्या घटाएर १२ बनाउने निर्णय गरेको थियो तर पछि थप २ वटा मन्त्रालय घटाएर १० वटा राख्न लागिएको हो। अहिले एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी विनाविभागीय मन्त्री छन्।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय रहने जनाइएको छ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६