तानसेन, १५ वैशाख । प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा देशभरका सात वटै प्रदेश सभाका सभामुख तथा उपसभामुखको भेला तानसेनमा सुरु भएको छ । लुम्बिनी प्रदेश सभाको आयोजनामा शुक्रबारदेखि तानसेनमा अन्तरव्यवस्थापिका भेला सुरु भएको हो । भेलाका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद् र प्रदेश संसद्का बिच अनुभव आदानप्रदान गर्न भेला आयोजना गरिएको…