सुर्खेत, १६ बैशाख ।गएको चैत २९ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनमा लागेको डढेलोमा परेका तीनजना बालकको ज्यान गयो । डढेलोमा परी घाइते भएका तीनजना बालकको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा १० वर्षीय सुलस बुढा, १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको ज्यान गएको हो । गाउँ नजिकै…