धनुषा ११ बैशाख ।धनुषामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर घरभित्रै पुरेको ६ महिनापछि खुलासा भएको छ। हत्याको २० दिनपछि उनले घरभित्र गाडिएको शव निकालेर टुक्रा पारी अन्यत्र फालेका थिए।सहिदनगर नगरपालिका ७ नेमुवाटोलकी ५० वर्षीया रेखादेवी ठाकुर गएको कात्तिक १० गतेदेखि बेपत्ता थिइन्। उनी बेपत्ता भएको भन्दै छोराहरूले प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले रेखादेवीको खोजी…