कपिलवस्तु १६ चैत । इन्जिनियरिङ अनुमतिपत्र (लाइसेन्स) लिने परिक्षामा ६८ प्रतिशत इनिजनियर फेल भएको नतिजा प्राप्त भएको छ । नेपालमा इन्जिनियरिङ पेशामा आवद्ध हुन नेपाल इन्जिनियरिङ काउन्सिलमार्फत इन्जिनियरिङ अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने कानूनी व्यवस्था छ । अघिल्लो वर्षसम्म त्यस्तो अनुमतिपत्र प्राप्त गर्न नेपालभित्रका विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण गरे पुग्थ्यो । विदेशमा पढेका विद्यार्थीहरूले पनि त्रिभुवन…