तिलोत्तमा, असार १० । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को लागि १ अर्व ८९ करोडको बजेट सार्वजनिक गरेको छ । नयाँ बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरिएको छ । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कोभिड १९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत सार्वजनिक गर्नुभएको…