काठमाडौं, २ जेठ । सरकारले आगामी दुई वर्षभित्र सबै सरकारी कारोवारलाई पूर्णरुपमा नगदरहित बनाउने भएको छ । नगदको कारोवारलाई विस्तारै कम गर्दै प्रविधिमा आधारित विद्युतीय प्रणालीलाई विशेष जोड दिइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारको नीति तथा कार्यक्रममा विद्युतीय कारोबारलाई विशेष प्राथमिकतामा राखिएको छ ।…