काठमाडौं १० असार । संस्थागत विद्यालय सञ्चालकहरूले कोरोना भाइरस को असरबारे सरकारले स्पष्ट नीति नल्याउँदा आफूहरू मारमा परेको गुनासो गरेका छन् ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सहअध्यक्ष डिके ढुंगाना सरकार सहयोगी नहुँदा शिक्षक कर्मचारीलाई तलब खुवाउनै कठिन भएको बताउँछन् । ‘सरकारले चैतको शुल्क नलिनू भन्यो, हामीले मान्यौं’ उनी भन्छन्, ‘तर हाम्रा लागि सरकारले…