कपिलवस्तु १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिएसँगै नेकपा एमालेलाई प्रदेश सरकारवाट अलग गर्ने खिचडी पाक्न थालेकोछ । राष्ट्रपति निर्वाचनका लागि एक ठाउँमा उभिएका दलहरुले एमालेलाई प्रदेश सरकारबाट बाहिर पठाउने तयारी गरेका छन्। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी…