भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारीका उपस्थितीमा भएको मन्त्रालय र पीडित पक्षको वार्तावाट स्वर्गद्वारी गुठीपीडित किसान हरु आन्दोलन फिर्ता लिन सहमत भएका छन् । एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुनको तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको छ । सरकार…