काठमाडौं, २२ बैसाख । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ । भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहल अघि बढाइएको हो ।‘थप खोप ल्याउन उच्चस्तरीय संयन्त्रबाट कुराकानी भइरहेको छ’, स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख…