बुटवल ८ असोज ।कोरोना उपचारमा प्रदेश ५ मै प्रत्यक्ष नेतृत्व गर्दै आएका लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. राजेन्द्र खनाल कोरोना संक्रमित हुनु भएको छ । डा. खनालले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नु भएको हो । आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेको उल्लेख गर्दै होम आइसोलेशनमा बसेको जानकारी गराउनु भएको…