काठमाडौ १३ असोज । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा लैजाने विषयमा नेकपामा किचलो नभएपनि आमसंचार माध्यममा किचलो सुरू भएको छ। त्यसैकारण मन्त्रिपरिषद पुनर्गठनमा पनि ढिलाइ भएको भन्ने प्रायोजित समाचार निरन्तर आएका छन् । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबारसम्ममा मन्त्रिपरिषद पुनर्गठन गर्न चाहेका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भने गौतमका विषयमा…