भैरहवा, ४ चैत । कोरोनाका कारण विश्वका करिव एक सय ५० मुलुक प्रभावित भैरहँदा विश्व शान्तिको शहर लुम्विनी पर्यटक आगमनको अभावमा सुनसान वन्दै गएको छ । लुम्विनीमा पर्यटक आगमन ह्वात्तै घटेकाले लुम्बिनी क्षेत्र सुनसान जस्तै बनेको हो । केही समयअघिसम्म राम्रै चहलपहल भैरहेको लुम्बिनीमा हिजोआज विदेशी पर्यटक देख्न मुस्किल परेको लुम्बिनीस्थित इगनाइट लाउन्ज एण्ड रेष्टुरेन्टका सञ्चालक…