पोखरा १८ बैशाख ।सर्वोच्च अदालतको सोमबारको आदेशले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई राहत मिलेको छ भने प्रदेश प्रमुख डिल्लीराज भट्टको टाउकोमा दोषको भारी थोपरिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार गरेको आदेशले चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई पुनः संविधानको धारा १६८ को उपधारा ४…