बुटवल, ०९ वैशाख । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले कार्यभार सम्हालेपछि पहिलो पटक बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणमा पुगेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भैरहेका कार्यप्रगति बारे बुझ्न मन्त्री पुन आइतबार विहान स्थलगत अवलोकनमा पुगेका हुन् । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको भवन निर्माणका लागि अहिले पुरानो संरचना हटाएर…