बुटवल १ चैत । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले प्राकृतिक स्रोत—साधनको वैज्ञानिक र दीगो उत्खनन तथा उपयोग गर्ने विषयमा नीतिगत व्यवस्था हुनुपर्ने बताउनु भएको छ । बिहीबार संसद बैठकमा निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा भाग लिँदै सांसद घिमिरेले वातावरणीय प्रभाव नपर्ने गरी ठूला चट्टानी पहरादेखि वन सम्पदाको उपयोग गर्न…