बुद्धभूमि, १ वैशाख कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सुशासन, पारदर्शिता र संस्थागत क्षमता अभिवृद्धितर्फ उल्लेखनीय उपलब्धि हासिल गरेको तथ्यहरुले देखाएको छ। विभिन्न सूचकहरूमा सुधारसँगै नगरपालिकाले प्रभावकारी प्रशासनिक अभ्यासको उदाहरण प्रस्तुत गरेको छ।नगरपालिकाले सो अवधिमा तीनवटै सार्वजनिक सुनुवाइ कार्यक्रम समयमै सम्पन्न गरेको छ, जसले नागरिकसँग प्रत्यक्ष संवाद र जवाफदेहितालाई सुदृढ बनाएको छ। साथै, स्थानीय…